बिहिबार, माघ १३ २०७८

सफल सम्भोगका लागि यी हुन् १० सूत्र



  • नेपालदीप
  • बिहिबार, पुष २९ २०७८
1.5K
SHARES

यौन एउटा जैविक आवश्यकता हो। अनि विपरीत लिंगीबीच सम्बन्ध सुमधुर बनाउने महत्त्वपूर्ण कडी पनि। सन्तान उत्पादनको प्रमुख माध्यम त हुँदै हो, सँगैसँगै यो चरम आनन्दको प्राकृतिक स्रोत पनि हो।

यौन सम्पर्क कहिले कतिपटक गर्नु उचित हो भन्ने विषयमा कुनै निश्चित मापदण्ड छैन, यो व्यक्तिका रुचि, सोच र स्वास्थ्यमा भरपर्छ। तर यसलाई स्त्री र पुरुष दुवैका लागि सम्भोग (सम+भोग) बनाउन भने जरुरी हुन्छ। आउनुहोस्, यसलाई सफल पार्ने १० मन्त्रबारे चर्चा गरौं।

१. यौन सम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपमा लिने गल्ती नगर्नुहोस्। अन्तरंग पलहरूलाई सधैं ख्यालठट्टाका रूपमा लिने गर्नुहोस्।

२. सम्भोगका बेला आफ्नो पार्टनरको मुडलाई ख्याल गर्नुहोस्। यदि यौन साथीको मुड खराब छ भने पहिले माया र स्पर्शले उनको मुडलाई ठीक पार्ने प्रयास गर्नुहोस्। यौन सम्बन्धका लागि ऊ तयार नहुँदै हतार र कर नगर्नुहोस्।

३. सम्भोगका क्रममा आफ्नो साथीको सन्तुष्टिलाई पनि ध्यान दिनुहोस्, आफ्नो स्वार्थ मात्र नहेर्नुहोस्।

४. सेक्सका विषयमा आफू वा आफ्ना यौन साथीको मनमा केही शंका छ भने पहिले त्यसको निवारण गर्नुहोस्। अनि मात्र अगाडि बढ्नुहोस्।

५. यौनको पर्याप्त आनन्द उठाउन स्वस्थ हुन आवश्यक हुन्छ। त्यसैले सधैं सन्तुलित भोजन र व्यायाममा ध्यान दिनुहोस्।

६. सम्भोगलाई नियमित गर्नुहोस्। धेरै ग्याप गर्नु राम्रो होइन।

७. यौन सम्पर्कका बेला पाकक्रीडा अर्थात् चुम्बन, स्पर्श र आलिंगनलाई बढी जोड दिनुहोस्। यसले तपाईंं र तपाईंंको पार्टनरलाई चरमसुख पाउनमा मद्दत पुग्छ।

८. सेक्सका बेला कम बोल्नुहोस् र आफ्नो साथीप्रति एकाग्र हुनुहोस्, उनका कुरामा ध्यान दिनुहोस्।

९. यौन सम्पर्कका बेला आफ्नो यौन साथीको सक्दो प्रशंसा गर्नुहोस्। अंग अंगको तारिफ गर्नुहोस्। यसले यौन सम्बन्धका लागि सम्बन्धित व्यक्तिलाई निकै उत्साहित बनाउँछ।

१०. सेक्सका बेला आपसमा शारीरिक एवं मानसिक दुवै रूपले अत्यन्त नजिक हुने प्रयास गर्नुहोस्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार