बिहिबार, माघ १३ २०७८

करेन्ट लागेर सङ्खुवासभामा एक प्राविधिककाे मृत्यु



  • नेपालदीप
  • शुक्रबार, पुष ३० २०७८
589
SHARES

काठमाडौँ। सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ मा करेन्ट लागेर आज शुक्रवार एक जना प्राविधिककाे ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताए।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेकाे स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उनलाई करेन्ट लागेको थियाे । करेन्ट लागेका ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै ज्यान गएकाे प्रहरीको भनाइ छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार