बिहिबार, माघ १३ २०७८

त्रिशुली माथि जीपलाइन सुरु गर्दै रिभर फन बिच रिसोर्ट



  • नेपालदीप
  • शुक्रबार, पुष ३० २०७८
893
SHARES

काठमाडौँ। रिभर फन बिच रिसोर्टले त्रिशूली नदीमा साढे ५ सय मिटरको जीपलाइन निर्माण गरेको छ। थ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारको रिसोर्टसम्म पुग्ने गरी जीपलाइन तयार भएको छ।

जीपलाइनको सफल परीक्षण भएको पनि रिसोर्टले जानकारी दिएको छ। रिभर फनले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारको रिसोर्टसम्म पुग्ने गरी बनाएको उक्त जीपलाइनको सफल परीक्षण भएको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए।

१२ वर्षदेखि सञ्चालनमा रहेको उक्त रिसोर्टले ग्राहकको सुविधा र आकर्षणका लागि जीपलाइन सञ्चालन गरेको उनले बताए। अधिकारीका अनुसार ५५८ मिटर लामो जीपलाइनको अधिकांश भाग त्रिशूली नदि माथि पर्छ। नदिमाथिको रोमाञ्चक उडान हुने भएकाले जीपलाइन नेपालकै नमूना जीपलाइन भएको पनि रिसोर्टका प्रबन्ध निर्देशक अधिकारी बताउँछन्।

परीक्षण सफल भएकोले अब केही हप्ताभित्रै आवश्यक प्रक्रिया पूरा गरी व्यावसायिक बुकिङ लिइने रिसोर्टले जानकारी दिएको छ। जीपलाइन खेल्न प्रतिव्यक्ति एक हजार ५०० रूपैयाँ र फोटो/भिडियोको थप ५०० रूपैयाँ लाग्ने उल्लेख छ। फोटो/भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफीमा सक्रिय कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए।

जीपलाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्कसहितका योजना सम्पन्न गर्न करीब ७ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरू समेत थप भइरहेको पनि उल्लेख छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार