सोमबार, साउन ३० २०७९

तीन नाल भरुवा बन्दुकसहित एक वृद्ध पुरुष पक्राउ



  • नेपालदीप
  • शुक्रबार, पुष ३० २०७८
7.4K
SHARES

विराटनगर। तीन नाल भरुवा बन्दुकसहित प्रहरीले मोरङको लेटाङबाट एक जना वृद्ध पुरुषलाई शुक्रबार पक्राउ गरेको छ। लेटाङ नगरपालिका–९ स्थित वशन्त हरियाली सामुदायिक वनबाट मिक्लाजुङ गाउँपालिका–५ का ६० वर्षीय इन्द्रबहादुर राईलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरी चौकी जाँतेबाट खटिएको टोलीले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा राईलाई पक्राउ गरेको हो। राईको साथबाट प्रहरीले लोड गरिएको तीन नाल भरुवा बन्दुक, बारुद, १८ वटा गोली, पाँच पोका छर्रा, एउटा खुकुरी र एउटा गुलेली बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ।

पक्राउ परेका राईसँगै रहेका अन्य तीन जना भने प्रहरीलाई देख्नसाथ फरार बनेका छन्। फरार रहेकाको खोजी भइरहेको जानकारी दिँदै प्रहरीले उनीहरुको पहिचान खुलाएको छैन। उक्त समूह जंगली जनावरको चोरी सिकारीका लागि भरुवा बन्दुक लिएर सामुदायिक वनतिर गएको हुनसक्ने प्रहरीको अनुमान छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार