बिहिबार, माघ १३ २०७८

देशभर एकैदिन थपिए ५ हजार बढी कोरोना संक्रमित, तीन को मृत्यु



  • नेपालदीप
  • शुक्रबार, पुष ३० २०७८
532
SHARES

काठमाडौं। नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन्। देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार