आइतबार, मंसिर ११ २०७९

प्रदेश २ को राजधानी टुङ्गो लगाउन मतदान जारी



  • नेपालदीप
  • सोमबार, माघ ३ २०७८
5.2K
SHARES

जनकपुरधाम।  प्रदेश २ को राजधानी तोक्न प्रदेशसभामा मतदान भइरहेको छ। प्रदेश २ को राजधानीको विषयमा तीनवटा प्रस्ताव मतदानका लागि तय गरेको छ। जसमा जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग पूर्वमा कमला नदी दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भू-भाग) पहिलो प्रस्ताव हो। यसका प्रस्तावकहरु परमेश्वर साह, रविन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह रहेका छन्।

दोस्रो प्रस्ताव वीरगंज (पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर सिमरा नीजगढ हुँदै सिमरौनढ सम्म) रहेको छ। यसका प्रस्तावक सिंगासन सा कलवार छन्। तेस्रो प्रस्ताव वीरंगज महानगरपालिकाभरि रहेको छ, जसको प्रस्तावक राजेश्वर प्रसाद शाह छन्।

त्यसैगरी प्रदेशको नामाकरणका लागि पनि आजै मतदान हुनेछ। प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको छ। जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह छन्। जानकी प्रदेशको प्रस्तावक प्रमोद कुमार यादव र मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी रहेका छन् भने मध्य मधेश प्रदेशको प्रस्तावक राजेश्वर प्रसाद शाह छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट