
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।
आज (सोमबार) बालुवाटारमा बसेको विपद् न्यूनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले सबै क्षेत्रका नाकामा होल्डिङ सेन्टर र कोरोना परीक्षणका साथै महामारीसँग जुध्नका लागि तयारी गर्न निर्देशन दिएका हुन् । खोप प्रयाप्तलाई बढाएर बुस्टर डोजका साथै सबै स्वास्थ्य संस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए ।
प्रधानमन्त्री देउवाले जनताको ज्यान जोगाउनका लागि सरकारको तर्फबाट कुनै कमी हुन नदिने बताएका छन् । सबै भिडभाड हुने कार्यक्रमहरू रोक्ने र राजनीतिक दलहरूले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नेमा समेत उनको जोड थियो ।
बैठकमा विपक्षी दल एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परीक्षणको दायरा बढाउन सुझाव दिए । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल रूपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।