
काठमाडौं। नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ।
प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको हो। सोमबार नाम र राजधानी तय भएसँगै प्रदेश सरकारले विदा दिने घोषणा गरेको थियो।
प्रदेश सरकारको निर्णय अनुसार आज विदा दिइएको छ। नाम र राजधानी तय भएकोमा खुशीयाली मनाउन सार्वजनिक बिदा दिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।