बिहिबार, जेष्ठ ५ २०७९

प्रधानन्यायधीश राणाले आजका लागि बोलाए सर्वोच्चमा फूल कोर्ट बैठक



  • नेपालदीप
  • मंगलबार, माघ ४ २०७८
2.4K
SHARES

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीशहरुको फूलकोर्ट मंगलबार बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक(फूल कोर्ट) बोलाएका हुन्।

कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोनको प्रभावलाई मध्यनजर गर्दै बैठक बस्न लागेको सर्वोच्च स्रोतले बतायो। देशव्यापी संक्रमण बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो।

न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि फूलकोर्ट मार्फत आवश्यक निर्णय लिने प्रधानन्यायधीश राणाको तयारी छ। आज दिउँसो साढे १ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट