बिहिबार, जेष्ठ ५ २०७९

पशुपति धर्मशाला प्रकरण: बताससँगको सम्झौता मिलेमतोमा, खारेज गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष



  • नेपालदीप
  • मंगलबार, माघ ४ २०७८
3.1K
SHARES

काठमाडौं। पशुपति धर्मशाला संचालनको जिम्मेवारी पाएको बतास समूहले सम्झौता बेगरको काम गरेको भन्दै छानबिन समितिले सम्झौता भंग गर्नुपर्ने निष्कर्ष निकालेको छ। छानबिन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झाैता गैर कानूनी भएको भन्दै सम्झौता गर्ने कोष तर्फका कर्मचारीलाई पनि कारबाही गर्न सिफारिस गरेको हो।

प्रतिवेदनमा भनिएको छ, ‘कोष र होटल आनन्द प्रा.लि. बीच धर्मशाला भाडामा दिदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पून्याउने कर्मचारीलाई र अनाधिकृत सम्झौता कानुन सम्मत भनी छापा तथा विद्युतीय माध्यममा प्रभाह गर्ने तत्कालिन पदाधिकारी समेतलाई कारवाही गर्नु पर्ने देखिएको।’

गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडा सम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्न निर्देशन दिएको हो। समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहर गरेको छ।

समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरु पालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ।’

अहिले बतास समूहले धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ। नारायणहिटी क्याफे प्रकरणपछि बतास समूहले भाडामा लिएको धर्मशालाको विवाद पनि चर्किएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट