बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँमा कार्यरत नेपाल प्रहरीका २८ जनालाई कोरोना संक्रमण



  • नेपालदीप
  • मंगलबार, माघ ४ २०७८
3.3K
SHARES

काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकु र अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार मातहतका हिरासतमा रहेका १० जना थुनुवा पनि संक्रमित भएका छन् ।

उनीहरूलाई कीर्तिपुरस्थित सामुदायिक आइसोलेसन सेन्टरमा राखिएको छ । काठमाडौं प्रहरी मातहत राजधानीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा १४ वटा प्रहरी वृत्त र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ९ वटा प्रभाग छन् ।

सई र हवल्दारको नेतृत्वमा थप २० वटा कार्यालयसहित २९ वटा थप युनिट छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट