
काठमाडौँ। कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका मठमन्दिरमा पूजाआजा गर्न रोक लगाएका छन्। सोमबारदेखि स्वस्थानी व्रत सुरु भएपछि मन्दिरमा भिडभाड बढेको निष्कर्ष निकाल्दै नित्य पूजाबाहेकका सबै गतिविधि रोक्न आदेश जारी भएको हो।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। उपाध्यायका अनुसार यो रोक माघ मसान्तसम्म लागू हुनेछ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।