बिहिबार, जेष्ठ ५ २०७९

आज नेप्से घट्यो, झण्डै साढे ८ अर्बको कारोबार



  • नेपालदीप
  • मंगलबार, माघ ४ २०७८
1.3K
SHARES

काठमाडौँ। सेयरबजार आज १०.७८ अंकले घटेको छ।बजार परिसूचक उक्त अंकले घटेर आज २९३६.६६ विन्दुमा रोकिएको छ।

आजको कारोबारमा १ करोड ६० लाख कित्ता सेयर बिक्री भएका छन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिक्री भएको उक्त सेयर ८ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको हो।आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहँदा १४१ कम्पनीको घटेको र ४५ कम्पनीको बढेको छ।

आज सामलिङ पावर कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै मध्यभोटेकोशीका लगानीकर्ताले पनि ८.११ प्रतिशत आम्दानी गरेका छन्।

लगानीकर्ताहरुले आज ५ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। आज अपि पावरको सर्वाधिक २८ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट