बिहिबार, जेष्ठ ५ २०७९

कोरोना अपडेट : नेपालमा एकैदिन १० हजार भन्दा धेरैमा कोरोना संक्रमण



  • नेपालदीप
  • मंगलबार, माघ ४ २०७८
1.5K
SHARES

काठमाडौं। नेपालमा एकैदिन १० हजार भन्दा बढी संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ नमूनाको परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने ४ हजार ९५६ नमूनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा संक्रमण देखिएको हो।

आज काठमाडौं उपत्यकामा मात्रै ५ हजार ७१४ जना संक्रमित थपिएका छन्। सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६८ हजार २१५ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३ हजार ९८३ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ । कोरोनाका कारण हालसम्म ११ हजार ६२४ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। जसमध्य ३७ हजार ८२६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २१८ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्य १५१ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेका छन् भने १०० जना भेन्टिलेटरमा रहेका छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट