बिहिबार, जेष्ठ ५ २०७९

६ वर्षपछि खुलेको इजरायल रोजगारीमा आज ९९ नेपाली कामदार जाँदै



  • नेपालदीप
  • बुधबार, माघ ५ २०७८
3.5K
SHARES

काठमाडौँ। नेपाली कामदारले ६ वर्षपछि इजरायल रोजगारीको अवसर प्राप्त गरेका छन्। आज (बुधबार) रोजगारीका लागि ९९ जना नेपाली श्रमिक इजरायल जाँदैछन्।

वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारका अनुसार इजरायल उड्ने तयारीमा रहेका एक सय २५ कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि ९९ जना मात्रै इजरायल जान लागेका हुन्।
हालसम्म इलरायल सरकारले नौ सय ९४ नेपाली कामदारसँग रोजगारीको सम्झौता गरेको छ। ती कामदारलाई क्रमशः इजरायल पठाइने विभागले जनाएको छ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सयजनाको अन्तिम छनोट गरिसकेको छ। जसमा ७० प्रतिशत महिला छन्।दोस्रो चरणमा १४ र १५ माघमा एक सय ६२ जना इजरायल उड्ने विभागले जनाएको छ।

दोस्रो चरणमा इजरायल जाने कामदारले गत साउन ३१ गतेपछि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने शर्त इजरायल सरकारको छ। यस्ता कामदारले मात्रै हवाई टिकट खरिद र पूर्वअभिमुखीकरण कार्यक्रम लिन सक्नेछन् ।

इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ।

इजरायल र नेपाल सरकारबीच ०७२ साउनमा केयर गिभरमा नेपाली कामदार पठाइने श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार सरकारीस्तरमा श्रम सम्झौता (जिटुजी) भएको थियो । तर, सम्झौता भएको एक वर्ष पूरा नहुँदै इजरायल रोजगारी रोकिएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट