बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँ उपत्यकामा आजबाट थप कडाई,सवारी साधनमा जोरबिजोर प्रणाली लागू



  • नेपालदीप
  • शनिबार, माघ ८ २०७८
2.1K
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शनिबारबाट थप कडाई गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढेकाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठक बसेर आदेश जारी गरेको हो।

नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीब्र रुपमा बढ्दै गएकाले रोग रोकथाम, नियन्त्रणलाई थप प्रभावकारी बनाउन मापदण्ड तोकिएको काठमाडौंकी निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन्।

आजबाट सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देश दिएको छ। प्रशासनले २० जनाभन्दा बढी उपस्थित हुन रोक लगाएको छ। जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना, घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा शनिबारबाट सवारी साधनमा जोर बिजोर प्रणालीमा लागू भएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी ढुंगेलका अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित)उपत्यका भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नुपर्नेछ।

अधिकारीका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारी, परिचयपत्रको आधारमा वैक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनीका कर्मचारी, सूचना तथा प्रशारण विभागवाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मी, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागु हुँदैन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट