बिहिबार, जेष्ठ ५ २०७९

भिजिट भिसामा खाडी जान नपाउने निर्णयमा गृहले गर्‍यो संशोधन,यी व्यक्ति अब जान पाउने



  • नेपालदीप
  • आइतबार, माघ ९ २०७८
931
SHARES

काठमाडौं। खाडी मुलुकसहित मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णयमा गृह मन्त्रालयले संशोधन गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो । यसअघि सोमबार (भोली) देखि लागू हुने गरी भिटिज भिसामा खाडी मुलुक र मलेसियामा जान सबैलाई रोक लगाउने निर्णय गरेको थियो । अब गृहले खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिने भएको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने भनिएको छ । यद्यपी नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने बताईएको छ ।

यस्तै वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिने निर्णय भएको छ । वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् ।

नेपालमा सामान आयत–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने विज्ञप्तिमा उल्लेख छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट