बिहिबार, जेष्ठ ५ २०७९

सशस्त्र प्रहरीको पहलमा नेपाली भूमिमा बनाइएको भारतीय सुरक्षा पोस्ट् हट्यो



  • नेपालदीप
  • सोमबार, माघ १० २०७८
5.5K
SHARES

विराटनगर। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीको टिकुलिया बस्तीबीचको दसगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफूखुसी बनाएको सुरक्षा पोस्ट् हटाइएको छ।

सशस्त्र प्रहरीको पहलमा एसएसबीले पोस्ट् हटाएर दसगजाबाट आफ्नै भूमिमा सारेको हो। कूटनैतिक मर्यादा र सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानुनविपरित दसगजामा पोस्ट् निर्माण गरेर २४ घण्टा नै हतियारसहितका एसएसबीलाई खटाउन थालिएपछि भारतको चौतर्फी विरोध भएको थियो। जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सशस्त्रका उच्च अधिकारीले एसएसबीले बनाएको पोस्ट् हटाउने विषयमा पहल थाल्न सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए। निर्देशनसँगै पहल थालेको सशस्त्र प्रहरीले दसगजाको पोस्ट् हटाउन एसएसबीका अधिकारीसँग आग्रह गरेको थियो।

सशस्त्रको आग्रहपछि लगभग एक महिनाअघि निर्माण गरिएको पोस्ट् दसगजाबाट हटाउँदै एसएसबीले भारतीय भूमितर्फ लगिसकेको प्रजिअ दाहालले बताए। ‘सशस्त्रको पहल र आग्रहमा एसएसबी पोस्ट् हटाएर आफ्नै भूमिमा लैजान सहमत भएको हो,’ उनले भने, ‘दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई ख्याल गर्न एसएसबीसँग आग्रह पनि गरिएको छ।’

दसगजाको अतिक्रमण हटाउने र सिमानालाई व्यवस्थित बनाउने दुई देशीय सहमतिविपरीत एसएसबीले सुरक्षा पोस्ट् निर्माण गरेको थियो। दसगजामा संरचना निर्माण गरेर सुरक्षा दिने नाममा एसएसबीले नेपालतिर हुने गतिविधी नियाल्न थालेको आशंका गरिएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट