बिहिबार, जेष्ठ ५ २०७९

हुस्सुका कारण दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गयो



  • नेपालदीप
  • बुधबार, माघ १२ २०७८
2.9K
SHARES

कञ्चनपुर। बाक्लो हुस्सुका कारण बुधबार बिहान ८ बजे कञ्चनपुर–फत्तेपुर भित्री सडक खण्डस्थित सप्तकोशी नगरपालिका–५ गङ्गाजली खोला नजिक भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ना. ३ ख ९९३२ नम्बरको ट्रकले ठक्कर दिंदा स.१० प ४६३५ नम्बरको मोटरसाइकल चालक सप्तकोशी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेब चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीले जानकारी दिएको छ।

चौधरी घरबाट बलार्दह जाँदै थिए भने ट्रक सप्तकोशीको बलार्दह चोकबाट कञ्चनपुरतर्फ आइरहेको थियो। शवलाई पोष्टमार्टमका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको फत्तेपुर प्रहरी चौकीका असइ खिलाराज खतिवडाले बताए। दुर्घटनाग्रस्त मोटरसाइकल र ट्रकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ।

ट्रकका चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट