बिहिबार, जेष्ठ ५ २०७९

लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ सकियो



  • नेपालदीप
  • बुधबार, माघ १२ २०७८
3.5K
SHARES

काठमाडौँ। लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ  सकिएको छ। २९ पुसबाट एकसाथ सुनुवाइ सुरु भएको मुद्दाको मंगलबार सुनुवाइ सकिएको हो।

सर्वोच्च अदालत स्रोतका अनुसार मुद्दाको  फैसलाको तयारी गरिएको छ। सुनुवाइ सकिएसँगै सर्वोच्चले मुद्दालाई बुधबार हेर्दाहेर्दैमा राखेको छ।

शिवहरि दाहाल,अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका २५ मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ। मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।

सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै २५ मुद्दालाई एकै मुद्दाको रूपमा (लगाउ) राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट मुद्दामाथि सुनुवाइ सुरु भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट