बिहिबार, जेष्ठ ५ २०७९

सशस्त्रमा एक एआईजी थपिने



  • नेपालदीप
  • बुधबार, माघ १२ २०७८
6.3K
SHARES

काठमाडौँ। सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी बढाउने तयारी गरेको छ। सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो।

सहमतिसहितको फाइल अर्थले गृहमा पठाइसकेको स्रोत बताउँछ। अर्थले सशस्त्रमा एउटा दरबन्दी बढाउन सहमति दिएको स्रोतले बतायो। सशस्त्र प्रहरीमा हाल २ वटा एआईजीको दरबन्दी छ। कार्य तथा सीमा विभाग र मानवस्रोत तथा प्रशासन विभाग रहेकोमा कार्यबाट सीमा विभाग अलग गरी सीमा सम्बन्धी मामिला हेर्न एआईजीको नेतृत्वमा सीमा विभाग बनाउने तयारी छ। त्यसकै लागि एआईजीको दरबन्दी थप्न प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ।

सशस्त्र प्रहरीमा माघ २५ पछि २ डीआईजी खड्ग राई र मन्दिप श्रेष्ठ पदावधिका कारण अवकाशमा जान्छन्। थपिएको दरबन्दी भने उनीहरुको अवकाशपछि मात्रै बढुवा गर्ने तयारी रहेको स्रोत बताउँछ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार थप गरिएको नयाँ दरबन्दीमा बढुवा हुने एआईजीलाई नै भावी आईजीपी बनाउने तयारी छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट