बिहिबार, जेष्ठ ५ २०७९

डा. बाबुराम भट्टराईलाई फेरी कोरोना संक्रमण



  • नेपालदीप
  • बुधबार, माघ १२ २०७८
3.5K
SHARES

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई दोस्रोपटक कोरोना संक्रमण भएको छ।

पिसिआर परीक्षण गराउँदा आफूलाई कोरोना पोजेटिभ देखिएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

‘सतर्कता अपनाउँदा अपनाउँदै पनि मलाई दोस्रोपटक कोरोनाको संक्रमण भएको छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन्, ‘लक्षण सामान्य छ। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाका निम्ति क्षमा चाहन्छु।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट