बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँ उपत्यकामा २९ सय जनामा कोरोना संक्रमण



  • नेपालदीप
  • बुधबार, माघ १२ २०७८
2.8K
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै २ हजार ४१ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ५६६ र २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबार देशभर ८ हजार ४५४ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ। तीमध्ये काठमाडौंमा ४० हजार १२, ललितपुरमा १० हजार ६९ र भक्तपुरमा ५ हजार ७२८ जना छन्।

देशभर भने सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट