
काठमाडौँ। काठमाडौंमा आफ्नै घरभित्र दुई जना मृत फेला परेका छन्।
काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन्।
साँखु प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्।
यसअघि पनि केही दिनअघि मात्र भक्तपुरमा घरभित्रै आगो बालेर सुतेका दम्पती गम्भीर बिरामी परेका थिए भने उनीहरूका ३ महिनाका छोराको निसासिएर मृत्यु भएको थियो।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।