
धरान। कोरोना भाइरसको संक्रमणका कारण धरानिस्थत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र वडा १५ का ७२ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानले जनाएको छ।
४५ वर्षीय पुरूषको बुधबार राति पौने ९ बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान पौने ८ बजे मृत्यु भएको रहेको प्रतिष्ठानकाे भनाइ छ।
४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो। उनीहरू दुवै दीर्घरोगी रहेको प्रतिष्ठानको भनाइ छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।