बिहिबार, जेष्ठ ५ २०७९

युक्रेनको सैन्य कारखानामा गोली चल्दा पाँचजना सुरक्षाकर्मीको मृत्यु



  • नेपालदीप
  • बिहिबार, माघ १३ २०७८
2.8K
SHARES

काठमाडौँ। युक्रेनमा रहेको एक सैन्य कारखानामा एक सैनिकले चलाएको गोली लागी पाँच सुरक्षा गार्डको मृत्यु भएको छ।अलजाजिराका अनुसार यो घटनामा थप पाँच जनाको मृत्यु भएको छ। बिहीबार डीनिप्रोस्थित पिभ्देन्मास मिसाइल फ्याक्ट्रीमा बिहान सबेरै यो घटना भएको हो।

आक्रमणकारीले आफ्नो राइफलबाट गोली पैहरी गरी त्यहाँबाट भागेको युक्रेनको गृह मन्त्रालयले बताएको छ।

प्रहरीले अहिले भागेका सैनिकको खोजी भइरहेको बताएको छ। अहिलेसम्म ती सैनिकले किन गोली चलाएका हुन् भन्ने खुल्न सकेको छैन।सुरक्षा, कृषि हवाई उड्डयन लगायतका क्षेत्रसँग सम्बन्धित सामग्रीहरु उत्पादन गर्दै आएको छ।

युक्रेनको सेना अहिले निकै संवेदनशील अवस्थामा रहेको बेला युक्रेनमा यस्तो आक्रमण भएको हो। रुसले करिब एक लाख सैनिक युक्रेनको सीमामा तैनाथ गरेको छ।

अमेरिकी सैन्य गठबन्धन नेटोले रुसले युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको दाबी गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट