
काठमाडौं। नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २१ हजार ८०८ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ हजार २९२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।