
काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै २ हजार ४०२ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ५२१ र २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार देशभर ८ हजार १७ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ। तीमध्ये काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ जना छन्।
देशभर भने सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।