सोमबार, साउन ३० २०७९

सरकारले बढायो दूधको मूल्य,प्रति लिटर कति बढ्यो ?



  • नेपालदीप
  • मंगलबार, माघ १८ २०७८
5.2K
SHARES

काठमाडौं । सरकारले दूधको मुल्य प्रतिलिटर ७ रुपैयाँ १४ पैसा बढाएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैया ४ पैसा कायम गरेको हो । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसाँ थियो । लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात् ६ रुपैयाँ ५२ पैसाले मूल्य बढाइएको हो ।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । दूधको मूल्य फ्याट र एस.एन.एफ.को आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ । एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई पालक किसानले प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार