बिहिबार, जेष्ठ ५ २०७९

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार गरिँदै,को को बन्दै छन् नयाँ मन्त्रि ?



  • नेपालदीप
  • आइतबार, माघ २३ २०७८
4K
SHARES

विराटनगर। विभाजन गरेर मन्त्रालयको संख्या १३ पुर्‍याइएको प्रदेश १ मा आइतबार मन्त्रिपरिषद् विस्तार गरिँदै छ। मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरेका हुन्।

उनी ३ महिनाअघि प्रदेशको मुख्यमन्त्री बनेका थिए। प्रदेशमा आइतबार ८ जना नयाँ मन्त्री थपिने भएका छन्। नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका ३, नेकपा (एकीकृत समाजवाद)का ३ र नेकपा (माओवादी केन्द्र)का २ मन्त्री थपिने भएका हुन्।

अहिले प्रदेश १ को मन्त्रिपरिषद्मा राज्यमन्त्रीसहित ६ जना मन्त्रीहरु छन्। नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी, ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम मन्त्री बन्ने पक्का भएको छ। थापालाई वन, वातावरण तथा भूसंरक्षण, सरावगीलाई उद्योग, श्रम तथा रोजगार र हाङ्गामलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने पक्का भएको छ। घिमिरेले सञ्चार तथा सहकारी, राईले सामाजिक विकास र लिम्बूले पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई सिँचाई, खानेपानी तथा उर्जा र झापाका झलकसिंह दर्लामी मगर कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्ने भएका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की यथावत छन्।

हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहने भएकी छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट