बिहिबार, जेष्ठ ५ २०७९

सङ्खुवासभाको तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



  • नेपालदीप
  • सोमबार, माघ २४ २०७८
3.7K
SHARES

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

आज (सोमबार) बिहान ७ बजे प्र २–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए।

उनका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्‍याएर फर्कदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट