
काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ३ सय ५०, ललतिपुरमा ५९ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरिमा भने १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा सोमबार कुल १९ हजार १०४ जना सक्रिय संक्रमित रहेका छन्।
तीमध्ये काठमाडौंमा ९ हजार ३९६, ललितपुरमा ७ हजार ३६ र भक्तपुरमा २ हजार ६७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
देशभर सोमबार ४० हजार १११ जना संक्रमित छन्।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।