
काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ३ सय ३८, ललतिपुरमा ७० र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर कुल एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै उपत्यकामा मंगलबार कुल १६ हजार ८२९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ८ हजार ९४२, ललितपुरमा ५ हजार २८३ र भक्तपुरमा २ हजार ६०४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मंगलबार देशभर ३६ हजार १८१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।