सोमबार, साउन ३० २०७९

काठमाडौं उपत्यकामा थपिए २ सय ६५ जना कोरोना संक्रमित



  • नेपालदीप
  • शुक्रबार, माघ २८ २०७८
3K
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा २ सय ३, ललतिपुरमा ४५ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर कुल १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै उपत्यकामा कुल ११ हजार ५४३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ६ हजार ६६९, ललितपुरमा ३ हजार ४४८ र भक्तपुरमा १ हजार ४२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

देशभर २७ हजार ४४१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार