बिहिबार, जेष्ठ ५ २०७९

मधेश प्रदेशमा सरकारले दियो आज सार्वजनिक बिदा



  • नेपालदीप
  • आइतबार, फाल्गुन १ २०७८
4.4K
SHARES

काठमाडौं । मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।२०५२ साल फागुन १ गते माओवादीले विद्रोह सुरु गरेको दिनको सम्झनामा मनाउने जनयुद्ध दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको दिनलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ । यही अवसरमा मधेश प्रदेशले सशस्त्र द्वन्द्वको समयमा सहिद भएका तथा सदस्य गुमाएका परिवारलाई तीन लाख रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।

सो अनुदानवापतको पहिलो किस्ताको एक लाख रुपैयाँ आजै दिईने तयारी गरिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट