सोमबार, साउन ३० २०७९

काठमाडौँ उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण



  • नेपालदीप
  • आइतबार, फाल्गुन १ २०७८
6.9K
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १ सय ६६, ललतिपुरमा ३१ र भक्तपुरमा १० जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार देशभर भने कुल ८३६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै उपत्यकामा कुल १० हजार ६७७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ६ हजार ४८, ललितपुरमा ३ हजार २८० र भक्तपुरमा १ हजार ३४९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आइतबार देशभर २६ हजार १०२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार