बिहिबार, जेष्ठ ५ २०७९

भ्यालेन्टाइन्स डेको अवसर पारेर ६६१ जोडीले गरे सामूहिक विवाह



  • नेपालदीप
  • मंगलबार, फाल्गुन ३ २०७८
5.6K
SHARES

मेक्सिको। प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-प्रेमिकाले विवाह गरेका छन्। मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ।

विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ वर्षीया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ। उनीहरुको भेटघाट पाँच वर्षअगाडि भएको थियो। वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए।

‘मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रम मार्फत यसअघि नै विवाह गर्नु भएको हो, उहाँहरु अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरिका अपनाएँ,’ विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने।

धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन्। उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्र प्रदान पनि गरिएको थियो। ‘एकै ठाउँमा एकैचोटी ६६१ जोडिको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,’ व्यवस्थापनमा खटिएकी एक महिलाले भनिन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट