
काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १६२, ललतिपुरमा २५ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर भने कुल ६२९ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा कुल ७ हजार १५१ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३ हजार ६५२, ललितपुरमा २ हजार ४९४ र भक्तपुरमा १ हजार ५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर २२ हजार ५८४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।