बिहिबार, जेष्ठ ५ २०७९

धादिङ्गमा मोटरसाइकलले पैदलायात्रीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु



  • नेपालदीप
  • शुक्रबार, फाल्गुन ६ २०७८
2.8K
SHARES

काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ५० बर्षीया मुक्ति प्रसाद सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेका खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट