शुक्रबार, असोज २१ २०७९

गृहमन्त्रीलाई ओलीको प्रश्न : प्रहरीका टाउकामा इँटा र ढुंगा हान्न आदेश दिएको हो?



  • नेपालदीप
  • सोमबार, फाल्गुन ९ २०७८
2.4K
SHARES

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रहरीलाई निरीह बनाएर सडकमा पठाएको टिप्पणी गरेका छन्।

काजी कालु पाँडेको समाधि स्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले हिजो (आइतबार) एमसिसीको विरोधमा देखिएको प्रदर्शनलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।

‘एकथरीले प्रहरी पठाउँछ सडकमा केही पनि नगर्नु भनेर, मैले गृहमन्त्रीलाई सोधेँ, के आदेश थियो? काँचो ढुंगा र पाकेको इँटा मात्रै हान्ने आदेश थियो ? ओलीले भने, ‘उहाँहरु देशप्रति जिम्मेवार भइराख्नु भएको छैन।’

उनले क्रान्तिकारी भन्नेहरु देशलाई ध्वंस पार्न लागेको आरोप लगाए।

‘क्रान्तिकारी भन्नेहरुले धमाधम बाटो भत्काइराखेका छन्, नभत्काउन भन्ने कोही छैन। प्रहरी छ, कुटाइ खाएर भागेको छ, २५ जनाले ढुंगा हानेको छ, डेढ सय पुलिस भाग्या छ’, ओलीले भने, ‘लाठी चार्ज गर्ने पनि अधिकार छैन, यता टाउको फुटाइसक्यो, उता हात भाँचिसक्यो, खुट्टा भाँचिसक्यो नभागेर पनि के गर्नु ? प्रहरीको टाउको बेलैसरी हो र ड्यामड्याम ढुंगा हान्न ? यस्तो पनि हुन्छ ?

नेकपा माओवादी केन्द्रले दोहोरो तेहोरो चरित्र देखाएको ओलीले आक्रोश पोखे।

‘सरकारमा बस्ने तमासा गर्ने, एमसिसी पास गर्ने षड्यन्त्र गर्ने, आफू आएर चुप लागेर मुर्तिझैँ बस्ने, अर्को पछाडिकोलाई नारा लगाउँ भन्ने, कसैलाई उठ्-उठ् भन्ने कसैलाई बस्-बस् भन्ने। एकथरीलाई सडकमा जाउ भन्ने, एकथरीलाई सदनमा आउ भन्ने। यस्तो पनि देखियो।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार