शुक्रबार, असोज २१ २०७९

प्रधानमन्त्री देउवा र अध्यक्ष केपी ओलीबीच संसद भवनमै भेटवार्ता



  • नेपालदीप
  • बिहिबार, फाल्गुन १२ २०७८
6K
SHARES

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् ।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

एमसिसी टेबल भएर त्यसमाथि छलफल गरेर पारित गर्ने विषयमा उनीहरुबीच आज भएको भेटवार्तालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

एमालेले आफू अन्यायमा परेको भन्दै झन्डै ६ महिनादेखि संसद बैठक अवरुद्ध पार्दै आइरहेको छ। आफूले राखेको माग सम्बोधन भए एमसिसी प्रक्रियामा सहभागी हुने एमालेले जनाएँदै आएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार