सोमबार, साउन ३० २०७९

काठमाडौं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित



  • नेपालदीप
  • मंगलबार, फाल्गुन २४ २०७८
2.4K
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भक्तपुरमा भने संक्रमितको संख्या शून्य रहेको छ।

देशभर भने कुल १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै उपत्यकामा कुल ८ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ४ सय ७४, ललितपुरमा ३ हजार ५८ र भक्तपुरमा ५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार देशभर ५ हजार ८ सय ७५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार