बिहिबार, जेष्ठ ५ २०७९

संखुवासभाको मादीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत(नामसहित )



  • नेपालदीप
  • बिहिबार, फाल्गुन २६ २०७८
3.3K
SHARES

संखुवासभा। संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटनामा परी ज्यान गुमाउने सबै १४ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी-५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-६ का ३० वर्षीया सीता बिक।

३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दीक्षा कटवाल, मादी-५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी-५ का ५५ वर्षीय श्याम शेर्पा, मादी-४ का आइतबहादुर तामाङ, मादी-२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी-४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी-५ का ४८ वर्षीय दीपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो। बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घाइते हुनेमा मादी-५ का सुवाष गोले, युवा पोख्रेल र मादी-६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन्। घटनास्थलबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ। घाइते पाँच जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट