शुक्रबार, असोज २१ २०७९

कविताः यात्रा



  • नेपालदीप
  • मंगलबार, चैत्र २२ २०७८
11.7K
SHARES

प्रत्येक मृत्यु नयाँ जीवनको सुरुवात हो भने
हे दैब !
मलाई वरदान दिनु म मर्न चाहान्छु
सामवेदका श्लोकमा समावेश भएजस्तै
यदी ;
आत्मा नै विश्वको स्वरुप हो भने
हे ईश्वर!
म यो रुपको अन्त्य चाहन्छु
सर्वश्रेष्ठ प्राणी
स्वयम्ले घोषणा गर्दै युद्ध गर्ने हो भने
बिन्ती! छ ,
मानवताकै खातिर भएनी म पशु बन्न चाहन्छु
विचार र बहसमा विभेद र विरोध मात्र हुन्छ भने
भो;
मलाई विवेकी प्राणीको वाहना पनि चाहिँदैन
सृष्टीको सृजना अन्त्यकै लागी हो भने
बारबार
यो रंगमञ्चमा म नाट्यकर्मी बन्न चाहन्न
मेरो अस्तुको रुपले अस्तित्वको स्वरुप लिन्छ भने
प्रभु ! म माथी दया गर्नु
सफलतापूर्वक मलाई समाधिमै समाप्त गरिदिनु ।।

—प्रविण तिवारी

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार