सोमबार, असार ७ २०७८

मौसम परिवर्तन हुँदा देखिन्छन् यस्ता समस्या


  • नेपालदीप
  • बिहिबार, चैत्र ६ २०७६
5.7K
SHARES

काठमाडाैँ ।  जाडो सकिएर गर्मी मौसम आउन लागेको छ । मौसम परिवर्तनका वेला स्वास्थ्यमा विभिन्न समस्या देखिने गर्छन् । जस्तै– भाइरल रुघाखोकी, एलर्जी, छालासम्बन्धी रोग, ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, जन्डिस आदि ।

कारण

1 यी सबै समस्याको प्रमुख कारण खानपान हो । जाडोयाममा मानिस कामविना बाहिर कमै मात्र निस्कन्छन् । तर, गर्मी लागेसँगै बाहिर निस्कन थाल्छन् । यसले गर्दा घरबाहिरको खानेकुरा बढी खान्छन् । अस्वस्थ खानपानले समस्या निम्त्याउँछ ।
2 गर्मी बढेसँगै पानीको माग पनि बढ्छ । विशेषगरी, सहरी क्षेत्रमा स्वस्थ पानीको अभाव छ । यसर्थ, प्यास मेट्नलाई मानिस अस्वस्थकर पानीसमेत पिइरहेका हुन्छन् । जसले गर्दा रोगको संक्रमण झनै बढ्दै जान्छ ।
बच्ने उपाय

1 खानपानमा ध्यान दिने
2 नियमित सरसफाइमा ध्यान दिने ।
3 बाहिर निस्कँदा मास्क प्रयोग गर्ने ।
4 बासी खानेकुरा नखाने ।
5 सफा र शुद्घ खानेपानीको मात्र प्रयोग गर्ने ।
6 साबुनपानीले सफासँग हात धोएर मात्रै खानेकुरा खाने ।
7 धुलो–धुवाँबाट बच्ने ।
8 स्वस्थकर बानीको विकास गर्ने ।
9 खानेकुरा राम्रोसँग पकाएर मात्रै खाने ।
10 संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने ।
11  प्रशस्त पानी पिउने ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट