बिहिबार, जेष्ठ ५ २०७९

धौलागिरि हिमालमा एक जना पर्वतारोहीको निधन



  • नेपालदीप
  • मंगलबार, चैत्र २९ २०७८
2.5K
SHARES

काठमाडौँ। धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा एक ग्रिसेली पर्वतारोहीको ज्यान गएको छ ।

हिजो साेमवार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा सात हजार चार सय मिटरको उचाइमा ग्रीसका आरोही एन्टोनिस स्यकारिसको ज्यान गएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । ६० वर्षका पर्वतारोही एन्टोनिस पर्वतारोहणसँगै खेलकुदमा समेत सक्रिय रहेको शेर्पाकाे भनाइ छ ।

एन्टोनिसले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा‚ मनास्लु, ल्होत्से र अन्नपूर्ण गरी पाँच वटा हिमाल आरोहण गरिसकेका छन्  । अहिलेसम्म ६३ वटा हिमालको आरोहण गरिसकेका एन्टोनिस प्रख्यात आरोहीको रुपमा चिनिएका थिए  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट