सोमबार, साउन ३० २०७९

देशभर आजदेखि कृषि गणना सुरु,यस्ता प्रश्न सोधिने



  • नेपालदीप
  • मंगलबार, बैशाख ६ २०७९
4.5K
SHARES

काठमाडौँ। केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ ।

सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् ।

तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ । पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका विषयमा तथ्यांक संकलन हुनेभएकाे छ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिने छ । कृषि गणनाका लागि पाँच हजार २ सय गणक र एक हजार ३ सय सुपरीवेक्षक आ-आफ्नो कार्यस्थलमा पुगिसकेका छन् ।

यसअघि २०६८ मा कृषि गणना भएको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार