बिहिबार, जेष्ठ ५ २०७९

नायिका केकी अधिकारीले गरिन् विवाह,को हुन् दुलाह ?



  • नेपालदीप
  • बिहिबार, बैशाख ८ २०७९
1.7K
SHARES

काठमाडौँ। अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी छन्।

उनीहरूले सानाे समारोह गरी परम्परागत रुपमा बिहे गरेका हुन्।केकीले फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गरेकी हुन्। लेखेकी छन्, ‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहारस्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

लामो समयदेखि रोहितको प्रेम रहेकी केकीले आफ्नो प्रेम भने सार्वजनिक गरेकी थिइनन्। प्रेम र प्रेमीका बारेमा मिडियाले बारम्बार प्रश्न गर्दा केकी पन्छिँदै आएकी थिइन्।रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सहसंस्थापक र सीईओ हुन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट