बिहिबार, जेष्ठ ५ २०७९

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा खनाल र महासचिवमा काफ्ले विजयी



  • नेपालदीप
  • शुक्रबार, बैशाख ९ २०७९
1.4K
SHARES

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेस शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा कुमुद खनाल र महासचिवमा कमल काफ्लेसहितको प्यानल नै विजयी भएका छन्। एशोसिएशनको ११ औं साधारणसभामा बुधबार भएको निर्वाचनमा अध्यक्षमा खनाल र महासचिवमा काफ्ले निर्वाचित भएका हुन्।

साधारणसभामा २ सय ६७ जनाले मतदान गरेकोमा खनाललाई १ सय ४९ मत र निकटतम प्रतिश्पर्धी तारानाथ अर्याललाई १ सय ६ मत आएको छ ।खनाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष समेत हुन्।

निर्वाचनको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा भगिरथ राई( रमेश), द्वितीय उपाध्यक्षमा विनोद जंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह–सचिवमा हर्क लिम्बू, कोषाध्यक्षमा कैलाश कार्की र सह– कोषाध्यक्षमा जफरूद्विन मियाँ विजयी भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरूमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यम कुमार क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरा बुढाथोकी निर्वाचित भएका छन्।

राजधानीको बसुन्धरामा भएको साधारणसभाको उद्घघाटन नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले गरेका थिए। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षका लागि हुने व्यवस्था छ। नवनिर्वाचित महासचिव काफ्लेले एसोसिएसनमा रहेर वैदेशिक रोजगार व्यवसायीको हित संरक्षण र सम्वर्धनमा ध्यान दिने बताएका छन्।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट