
भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन भन्दै भरतपुर पुगेका दुई मन्त्री काठमाडौं फर्किएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेको छ ।
स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका हुन् ।
निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गर्दै सरोकारवालालाई आग्रह गरेको हो ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।